अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ ले बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ। गत असोज ३१ गतेबाट रिलिज भएको यस फिल्मले दुइ सातामा १० करोडको आकंडा पार गरेको निर्माता सरोज न्यौपानेले जानकारी दिए।‘फिल्मले दर्शकहरूको निकै राम्रो साथ पाइरहेको छ। नेपालमा मात्रै १० करोडको आकंडा पार गरिसकेको छ। १० करोड पुगेको अवसरमा भोलि सेलिब्रेसन गर्ने तयारी समेत छ,’उनले भने।निर्माताले १० करोड ग्रस कलेक्सन गरेको दाबी गरेपनि चलचित्र विकास बोर्डले भने नयाँ तथ्यांक सार्वजनिक गरेको छैन।
Posted inSamachar
१० करोड कमाउँदै अनमोलको करिअरकै सर्वाधिक कमाइ गर्ने फिल्म बन्यो ‘जेरी अन टप’

