विगत १० वर्षदेखि विद्युत चुहावटको दर घटाउँदै गएको नेपाल विद्युत प्राधिकरणको तथ्यांकमा यसपालि भने बढेको छ।अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा १.१७ प्रतिशतले चुहावट बढेको देखिएको छ।प्राधिकरण स्रोतका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा वितरण विद्युत चुहावट ९.९५ प्रतिशत थियो। २०८१/८२ मा चुहावट बढेर १०.७६ प्रतिशत पुगेको छ।१० वर्षअघि अर्थात् २०७२/७३ मा १९.८० प्रतिशत चुहावट थियो। १० वर्षको बीचमा आधाभन्दा कममा सीमित भएको चुहावट फेरि बढ्न पुगेको हो।प्राधिकरणका प्रादेशिक कार्यालयहरूले ग्राहक तथा वितरण सेवा
Posted inSamachar
१० वर्षमा आधा घटेको विद्युत चुहावट फेरि बढ्न थाल्यो, एकै वर्षमा प्राधिकरणलाई १२ अर्ब नोक्सान

