थाइल्यान्डमा सम्पन्न आठौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वैभवी सापकोटाले उत्कृष्ट प्रदर्शन गर्दै एक स्वर्ण र दुई कास्यसहित तीन पदक जितेकी छिन्।यही साउन २४ र २५ गते भएको उक्त प्रतियोगितामा विभिन्न २७ राष्ट्रका करिब चार हजारभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो।थाइल्यान्डको पटायामा सम्पन्न उक्त प्रतियोगितामा १० वर्षीया वैभवीले फिलिपिन्स र थाइल्यान्डका खेलाडीलाई पछि पार्दै स्पीड किकमा स्वर्ण पदक जितेकी हुन्।क्योरोगी विधामा वैभवी सेमिफाइनलमा थाइल्यान्डसँग पराजित हुँदै कास्य पदकमा सि
Posted inSamachar
१० वर्षीया वैभवीले अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई दिलाइन् स्वर्णपदक

