झापामा १६ वर्षीय किशोरले चलाएको स्कुटरले ठक्कर दिँदा घाइते भएका एक वृद्धको मृत्यु भएको छ। यही असार २९ गते राति दमक नगरपालिका-१० जहदा टोलको भित्री सडक खण्डमा मे.७ प।३७८९ नम्बरको स्कुटरले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँमा ७७ वर्षीय देवबहादुर श्रेष्ठ गम्भीर घाइते भएका थिए। उनको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। स्कुटर चलाउने तेह्रथुमको म्याङलुङ घर भई हाल दमक-१० मा बस्दै आएका थुमनारायण खापुङका छोरा १६ वर्षीय अर्चन खापुङलाई प्रहरीले पक्राउ गरेको छ। दुर्घटनामा
Posted inSamachar
१६ वर्षीय किशोरले चलाएको स्कुटरको ठक्करबाट ७७ वर्षीय वृद्धको मृत्यु

