सरकारले दुई जिल्लाका प्रहरी प्रमुख हेरफेर गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषा र रौतहटका प्रहरी प्रमुख हेरफेर गरिएको हो।जिल्ला प्रहरी कार्यालय धनुषामा एसपी रुगम कुँवरलाई खटाइएको छ भने रौतहटमा एसपी रविन कार्कीलाई पठाइएको छ।यसअघि जिल्ला प्रहरी कार्यालय धनुसामा नरहरी रेग्मी कार्यरत थिए। रौतहटमा एसपी नेत्रमणि गिरी कार्यरत थिए। उनीहरूलाई फिर्ता बोलाएर कुँवर र कार्कीलाई खटाइएको हो।
Posted inSamachar
२ जिल्लामा एसपी हेरफेरः धनुषामा कुँवर, रौतहटमा कार्की

