आइतबार र सोमबार बढेको सुनको मूल्य आज स्थिर छ। आइतबार प्रतितोला ११ सय र सोमबार चारसय रुपैयाँ बढेको सुनको मूल्य आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।सुन आज पनि तोलाको एक लाख ९३ हजार तीनसय रुपैयाँमै कारोबार भइरहेको समितिले जनाएको छ।गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। चाँदीको मूल्य भने आज घटेको छ। तोलामा ५० रुपैयाँ घटेर आज चाँदीको मूल्य प्रतितोला दुई हजार दुईसय ७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।&
Posted inSamachar
२ दिन लगातार बढेको सुनको मूल्य आज कति?

