एक सातापछि आज सुनको मूल्य बढेको छ। चारदिन घटेर दुई दिन स्थिर रहेको सुनको मूल्य आज बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुनको मूल्य प्रतितोला एक हजार चारसय रुपैयाँ बढेको हो। हिजो प्रतितोला ६ सय रुपैयाँ घटेर सुनको भाउ एक लाख ९३ हजार रुपैयाँ कायम भएको थियो। आज सुनको मूल्य एक लाख ९४ हजार चारसय रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ। यसअघि गएको आइतबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँ घटेको थियो भने शुक्रबार पाँचसय र बिहीबार दुई हजार चारसय रुपैयाँ घटेको थियो।&nbs
Posted inSamachar
२ दिन स्थिर र ४ दिन घटेको सुनको मूल्य आज बढ्यो

