काभ्रेका तीन ठाउँमा पहिरो खस्दा बीपी राजमार्ग रातिदेखि नै अवरुद्ध छ। रातिदेखि नै पहिरो पन्छाएर सडक खुलाउने प्रयास भए पनि सफल हुन नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मिनबहादुर घलेले जानकारी दिए। रोसी गाउँपालिका- ११ स्थित माम्ती खोला, रोसी- ९ कै पिन्थली र बिरुवाडाँडामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।‘तीनै ठाउँमा रातिदेखि नै जेसीभीको सहायतामा पहिरो हटाउने प्रयास जारी छ,’ घलेले मंगलबार बिहान नेपालखबरसँग भने, ‘तर, अझै पहिरो हटाएर यातायात सुचारु गर्न सकिएको
Posted inSamachar
३ ठाउँमा पहिरो, बीपी राजमार्ग रातिदेखि नै अवरुद्ध

