झापामा आज बिहान घरमा आगो लाग्दा चारजना घाइते भएका छन्। मंगलबार बिहान हल्दीवारी गाउँपालिका- ४ ओली चोकमा रहेको पुण्यप्रसाद ओलीको तीनतले पक्की घरको दोस्रो तल्लाको भान्सा कोठाबाट फैलिएको आगोले चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आगलागीमा परेर घरधनी ६० वर्षीय पुण्य प्रसाद ओली, उनका छोरा ३३ वर्षीय सन्तोष ओली, बुहारी ३२ वर्षीया अनिता र कान्छा छोरा २० वर्षीय आर्यन ओली घाइते भएका हुन्। रोटी पकाउने क्रममा ग्याँसबाट अचानक आगो सल्किँदा भान्सा कोठामा आगो लागेको प्रहरीले
Posted inSamachar
३ तले घरमा आगो लाग्दा घरधनीसहित ४ जना घाइते

