नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज परिसूचक चार दशमलव ८३ अङ्कले बढेर दुई हजार ७६६ दशमलव ०९ बिन्दुमा कायम भएको हो ।आज ३२२ कम्पनीको ९२ लाख ४३ हजार २३२ कित्ता सेयर ४५ हजार ११६ पटक खरिदबिक्री हुँदा चार अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।आजको कारोबारमा लगानी समूह शून्य दशमलव १०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६८, लघुवित्त शून्य दशमलव ४८ र निर्जीवन बीमा समूह शून्य दशमलव १० प्रतिशतले घटेको छभने अरु सबै समूहको उपसूचक बढेको छ ।
Posted inSamachar
४ अर्बको सेयर किनबेच, सामान्य अंकले बढ्यो नेप्से

