चार दिनदेखि घट्दै आएको सुनको मूल्य आज थोरै बढेको छ।सुनको मूल्य आज तोलामा एकसय रुपैयाँ बढेको हो। गएका चार दिन सुनको मूल्य लगातार घटेको थियो।सुनको भाउ आज तोलाको एकलाख ९६ हजार आठसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यही साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो। आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेर दुईहजार तीन सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
Posted inSamachar
४ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो

