नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको ४२ करोड नोट छाप्न चिनियाँ कम्पनी छनोट गरेको छ। चीनको बेइजिङस्थित एम÷एस चाइना ब्यांकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले नेपाली नोट छाप्ने जिम्मा पाएको हो। यसका लागि यही कात्तिक २५ गते सम्झौता भएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ। विभागका अनुसार उक्त कम्पनीले १ करोड ४ लाख २२ हजार ५ सय ३५ अमेरिकी डलर २१ सेन्टमा नोट छाप्ने सम्झौतामा हस्ताक्षर गरेको छ। गत साउन ९ मा यसका लागि टेन्डर गरिएकामा चिनियाँ कम्पनीले न्यूनतम बोल लगाएकाले छनोट भएक
Posted inSamachar
५० रुपैयाँको ४२ करोड थान नोट छाप्ने जिम्मा पनि चिनियाँ कम्पनीलाई

