पाँचथरमा ६ दिनदेखि बेपत्ता एकै घरका दुई बालबालिकाको शव फेला परेको छ। याङवरक गाउँपालिका-१ च्याङथापुबाट यही साउन १५ गतेदेखि हराइरहेका स्थानीय बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर राई र चार वर्षीया छोरी नानुमा राईको शव फेला परेको हो। ‘मंगलबार बिहान स्थानीय बिरुवा खोला बगरमा उनीहरुको शव भेटिएको छ,’ जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक रुपेश तामाङले नेपालखबरसँग भने, ‘हामी थप अनुसन्धानकै क्रममा छौँ। प्रहरी टोली घटनास्थलमा पुगेको छ।&rsqu
Posted inSamachar
६ दिनदेखि बेपत्ता दाजु बहिनीको शव भेटियो, प्रहरी घटनास्थलमा

