गएको आइतबारदेखि हुम्ला सदरमुकाम सिमकोटसहित खार्पुनाथ र सिमकोट गाउँपालिका अन्धकार भएको छ। सदरमुकाममा रहेको सिमकोट गाउँपालिका–४ मा रहेको पावरहाउससहितका संरचना मर्मत गर्नुपर्ने भएकाले विद्युत आपूर्ति नहुँदा दुई पालिकासहित सदरमुकाममा विद्युत् प्रवाह हुन नसकेको विद्युत् प्राधिकरणका प्रमुख जितेन्द्र शाहले जानकारी दिए।पावरहाउसको इन्टेक र ओभरफ्लोको मर्मत गर्नुपर्ने भएकाले ६ दिनदेखि विद्युत् सेवा आपूर्ति हुन नसकेको प्रमुख शाहको भनाई छ। अहिले पनि मर्मत जारी छ। आगामी आइतबारसम्म विद्युत् सेव
Posted inSamachar
६ दिनदेखि हुम्ला सदरमुकाम अन्धकार

